महत्त्वपूर्ण सूचना

वि.सं: भदौ १४, २०८३

माननीय स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन रोल्पा क्षेत्र नं. १(२) बाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ। उहाँले मिति २०८३।०४।०९ गतेदेखि लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीको रुपमा पदभार ग्रहण गर्नुभएको हो। उहाँले यसअघि २०८१।०१।०७ देखि २०८१।०४।०६ गतेसम्म स्वास्थ्य मन्त्रीकै रुपमा जिम्मेवारी सम्हालिसक्नु भएको थियो।